काठमाडौं, २० कात्तिक । २७ लाख नगद पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्त लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको छ ।
दुई स्टार खेलाडीहरु पारस खड्का र शरद भेषवाकरको टिमबीच प्रतिस्पर्धा हुन लागेको हुँदैछ । पारस खड्काको कप्तानीमा चितवन राइनोज रहेको छ भने शरद भेषवाकरले पोखरा पल्टनको कप्तानी गरिरहेका छन् । यसअर्थमा पनि यो उपाधि भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।
पारसको चितवनलाई पीपीएलको लिग चरणको खेलमा शरदको पोखरा पल्टनले ५ विकेटले पराजित गरेको थियो । आजको फाइनल खेलमा पारसको टिम पोखरासँग बदला लिने दाउँमा छ । तर, पोखराको टिमलाई सहजै हराउनसक्ने स्थिति छैन ।
पोखरा लिग चरणको खेलमा शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो । तर, चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
The post पोखरा प्रिमियर लिगको फाइनल खेल: पोखरा पल्टन भर्सेस चितवन राइनोज appeared first on Sajha Post.