Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१६० मिलियन युरो तिरेको खेलाडी बेन्चमा सिमित भएपछि…

$
0
0

काठमाडौँ, २६ पुस । बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो यतिखेर बेन्चमामात्र सिमित भएका छन् । विश्वकै दोस्रो महँगा खेलाडी जसलाई अनुबन्ध गर्न बार्सिलोनाले १६० मिलियन युरो तिरेको थियो ।

प्रशिक्षक भल्भडरको रोजाइमा उनी पर्न छोडेका छन् । कुनै समय ओउसमाने डेम्बेले पनि बेन्चमा सिमित भएका थिए । तर, एकाएक उनी भल्भडरको पहिलो रोजाइको खेलाडी बने ।

तर, उनी पहिलो रोजाइमा परेपछि कोटिन्हो भने बेन्चमा सिमित बने । उनलाई त्यत्रो मुल्य तिरेर क्लबले बेन्चमा मात्र सिमित राख्नु गलत भएको फुटबल विश्लेषकहरुले बताएका छन् ।

लिभरपुलबाट उत्कृष्ट खेल खेलेपछि बार्सिलोनाले उनलाई किनेको थियो ।

लामोसमयको प्रयासपछि मात्रै लिभरपुलले उनलाई बेच्न मानेको थियो । तर, उनी क्लबमा आएको १२ महिनामा नै उनले खेल्ने मौका पाउन छोडेका छन् । यसरी उनलाई तिरेको मुल्यको अवमुल्यन भएको फुटबल समिक्षकहरु बताउँछन् ।

The post १६० मिलियन युरो तिरेको खेलाडी बेन्चमा सिमित भएपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles