Image may be NSFW.
Clik here to view.
काठमाडौँ, ३० पुस । चेल्सी स्टार इडिन हजार्डले विश्वकै उत्कृष्ट लियोनल मेस्सी भएको बताएका छन् ।
उनले यसबारे ठुलै बहस चल्ने गरेको तर, आफुलाई लियोनल मेस्सी नै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘प्राय दुईजनाको नाम लिएर विवाद हुने गर्छ । तर, मेरा लागि मेस्सी उत्कृष्ट खेलाडी हुन् ।’
रियल मड्रिड जाने हल्ला चलिरहँदा उनले मेस्सीबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।
चेल्सीमा उत्कृष्ट लयमा रहेका इडिन हजार्ड यस सिजन चेल्सीमा रहने निर्णय गरेका थिए । यस सिजन चेल्सी लिगको चौथो स्थानमा रहेको छ । चेल्सीको ४७ अंक रहेको छ ।
The post ‘विश्वमा एकमात्रै उत्कृष्ट खेलाडी लियोनल मेस्सी’ appeared first on Sajha Post.