काठमाडौँ, ३० पुस । लियोनल मेस्सीले ला लिगामा बार्सिलोनाबाट ४०० गोल पूरा गर्दै नयाँ रेकर्ड बनाउन सफल भएका छन् । एइबारविरुद्धको खेलमा उनले गोल गरेपछि ४०० गोलको रेकर्ड राखेका हुन् ।
ला लिगामा अन्य सर्वाधिक गोल गर्ने खेलाडीमा क्रिस्टियानो रोनाल्डो (३११ गोल), टेल्मो जारा (२५१ गोल), हुगो सान्चेज (२३४ गोल) तथा राउल (२२८ गोल) रहेको छ ।
मेस्सीले जारी सिजनको ला लिगामा १७ गोल गरिसकेका छन् ।
The post ला लिगामा बार्सिलोनाबाट लियोनल मेस्सीले गरे ४०० गोल appeared first on Sajha Post.