Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘म जरिवाना तिर्न तयार छु’

$
0
0

काठमाडौँ, ९ माघ । रियल मड्रिडमा छदाँ यही कर विवादका कारण उनको सम्बन्ध रियलका प्रमुख फ्लोरेन्टो पेरेजसँग बिग्रन पुग्यो । अन्ततः उनले क्लब छोड्ने निर्णय गरे । तर, मुद्धा भने स्पेनमा चलिरहेको थियो ।

अब भने उक्त मुद्धाको फैसला भएको छ । सजाय सुनेपछि युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले भनेका छन्, १८.८ मिलियन पाउण्ड जरिवाना तिर्ने म तयार छु।

स्पेनको एक अदालतले उनलाई १८.८ मिलियन पाउण्ड जरिवाना गरेपछि तिर्न तयार भएका हुन् । अदालतमा उनको उपस्थिति थियो ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डोले अदालतमा अन्जानमा स्पेनिस कानुन नबुझ्दा कर छलीको घटना भएको हो ।

अदालतले उनलाई २३ महिनाको जेल सजाय समेत सुनाएको छ । तर, रोनाल्डोले जेल भने बस्नु नपर्ने भएको छ । २ बर्ष भन्दा कम जेल सजायका अभियुक्तले स्पेनको कानुन अनुसार जेलमा बस्नु पर्दैन ।

The post ‘म जरिवाना तिर्न तयार छु’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles