Quantcast
Viewing all articles
Browse latest Browse all 7991

पन्ध्र घण्टाको खोजीकार्यपछि प्रहरीले भन्यो- सला र विमान चालक जीवितै भेटिने सम्भावना अति न्युन

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, ९ माघ । क्याड्रिफ सिटीले सर्वाधिक रकम तिर्दै फ्रेन्च क्लब नानटेसबाट स्टार खेलाडी इमिलियानो सलालाई अनुबन्ध गरेको थियो । तर, उनी वेल्स फर्कने क्रममा विमान दुर्घटनामा परेपछि क्लबलाई ठुलो झट्का लागेको छ ।

सला र विमान चालक बेपत्ता भएका भए ।

उनीहरुको खोजीकार्य लगातार १५ घण्टासम्म गरिएको थियो ।

तर, चिसो मौसमका कारण उक्त खोजीकार्य पनि रोकिएको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सला फ्रान्समा रहेका आफ्ना साथीहरुबाट बिदाइ भएर युके फर्किएका थिए ।

तर, प्लेन एकाएक बेपत्ता भएपछि उनको खोजीकार्य भएको थियो । स्थानीय प्रहरीका अनुसार सला र उनका विमान चालक जीवित नै भेटिने सम्भावना अत्यन्त न्युन रहेको छ ।

यदी प्लेन समुन्द्रमा खसेको हो भने फेला पार्न समेत अति कठिन हुने उनीहरुले बताएका छन् । मौसम चिसो रहेका कारण खोजीकार्यमा समेत समस्या देखिएको उनीहरुले बताएका छन् ।

यस सिजन रेलिगेशनबाट बच्न यस क्लबले केही स्टार खेलाडीहरु अनुबन्ध गर्ने बताएको थियो । सोही प्रक्रिया अन्तर्गत क्लबले १९ मिलियन तिरेर उनलाई अनुबन्ध गरेको थियो ।

The post पन्ध्र घण्टाको खोजीकार्यपछि प्रहरीले भन्यो- सला र विमान चालक जीवितै भेटिने सम्भावना अति न्युन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles