काठमाडौँ, १० माघ । गएराति भएको कोपा डेल रे कपको क्वाटरफाइनलको पहिलो लिग चरण खेलमा बार्सिलोना सेभियासँग २-० गोलले पराजित भएको छ ।
सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना पराजित भएको हो । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । तर, दोस्रो हाफमा बार्सिलोना चुक्न पुग्यो ।
सेभियाका लागि पाब्लो साराबियाले खेलको ५८ औ मिनेटमा गोल गरे ।
खेलको ७६ औ मिनेटमा विसम बिन यडले गोल गर्दा बार्सिलोना दुई गोलले पछि परेको थियो ।
बार्सिलोनाले खेलमा फर्कन कोसिस गरेता पनि भने फर्काउन सकेन । दोस्रो लिग चरणको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
The post बार्सिलोना पराजित, सेभियाविरुद्ध गोल गर्न सकेन appeared first on Sajha Post.