एजेन्सी, १२ माघ । प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलविरुद्ध जित निकाल्दै म्यानचेस्टर युननाइटेड एफए कपको पाँचौ चरणमा उक्लिन सफल भएको छ ।
युनाइटेडले आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणको यात्रा सम्भव बनाएको हो ।
शुक्रबार राति भएको चौथो चरणको खेलमा युनाइटेडको सहज जितमा एलेक्सिस साञ्चेज, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलले गोल गरे भने आर्सनलका पिएरे इम्रिक औवामियाङले पनि एक गोल गरे ।
रोमेलु लुकाकुको पासलाई एलेक्सिस साञ्चेजले गोलमा रुपान्तरण गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । लगत्तै दुई मिनेटमै लुकाकुकै अर्को पासलाई जेसे लिङ्गार्डले गोलमा रुपान्तरण गरेपछि युनाइटेड २-०ले अगाडि रह्यो ।
पहिलो हाफमै ४३औं मिनेटमा पिएरे इम्रिक औवामियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिए पनि उनको प्रयास सफल हुन सकेन । उता, ८२औं मिनेटमा मार्सियलले अर्को गोल थपेर युनाइटेडलाई ३–१ को सहज जित दिलाउन सफल भए ।
अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो लगातार आठौं जित हो ।
The post आर्सनलविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा appeared first on Sajha Post.