Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जित्नैपर्ने दवावका बीच युएईसँग दोस्रो खेल खेल्दै नेपाल

$
0
0

काठमाडौं, १२ माघ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।

पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नै पर्ने दबावमा छ ।

खेल आईसिसीको क्रिकेट एकेडेमीमा हुनेछ । नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।

The post जित्नैपर्ने दवावका बीच युएईसँग दोस्रो खेल खेल्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles