Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सिमरा गोल्डकपको उपाधिका लागि भिड्दै आर्मी र थ्रि स्टार

$
0
0

बारा, १२ माघ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभूवन आर्मी र थ्रि स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल आज दिउसो २ बजेदेखि सिमरा रंगशालामा शुरु हुनेछ । गत वर्ष थ्री स्टारलाई नै हराएर उपाधि जित्न सफल आर्मी उपाधि रक्षा गर्ने होडमा रहेको छ ।

थ्री स्टार भने गत वर्षको बदला लिंदै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो भने थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएर फाईनलमा स्थान बनाएको हो ।

The post सिमरा गोल्डकपको उपाधिका लागि भिड्दै आर्मी र थ्रि स्टार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles