Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नौ जना खेलाडीमा सिमित गेटाफेविरुद्ध एट्लेटिको मड्रिडको जित

$
0
0

काठमाडौँ, १३ माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेलाई २-० गोलले पराजित गरेको छ ।

पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको एट्लेटिकोविरुद्ध गेटाफेले गोल फर्काउन सकेन ।

खेलको २८ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ३७ औ मिनेटमा साउल निगुइजले दोस्रो गोल गरे । तर, दोस्रो हाफमा भने गेटाफेलाई थप झट्का लाग्यो ।

उसका दुई खेलाडीले रातो कार्ड पाए । २१ खेलमा एट्लेटिकोले ४४ अंक जोडेको छ । एक खेल कम खेलेको लिग लिडर बार्सिलोनोको ४६ अंक रहेको छ । गेटाफेको ३१ अंक रहेको छ ।

The post नौ जना खेलाडीमा सिमित गेटाफेविरुद्ध एट्लेटिको मड्रिडको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles