काठमाडौँ, १२ चैत । पोर्चुगलले युरो कप छनोटमा सर्बियासँग एकएक गोलको बराबरी खेल खेलेको छ । पोर्चुगलका स्टारका खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि उनले ३१ औँ मिनेटमा मैदान छोडेका थिए ।
खेलमा सर्बियाले अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा डुसान टाडिसको पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
ड्यानिलो परेराले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीबाट बराबरी गोल फर्काएका थिए ।
सुरुवाती दुई खेलमा युरो विजेता पोर्चुगलले युरो छनोटमा बराबी खेल खेलेको छ । पहिलो खेलमा पोर्चुगलले युक्रेनसँग बराबरी खेल खेलेको थियो ।
The post पोर्चुगल बराबरीमा रोकियो, क्रिस्टियानो रोनाल्डो घाइते appeared first on Sajha Post.