Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यू–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा समेटियो, जवाफी ब्याटिङ गर्दै नेपाल

$
0
0

काठमाडाैं, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि जारी एसियन छनोटको तेस्रो खेलमा नेपालले ९३ रनको कमजोर लक्ष्य पाएको छ ।

टस जितेको नेपालले मलेसियालाई ब्याटिङको लागि निम्तो दिएपछि घरेलु मैदानमा उत्रिएको मलेसियाले २२.५ ओभरमा अल आउट हुँदै केवल ९२ रन मात्र जोड्न सक्यो ।

मलेसियाका लागि सर्वाधिक रन इजाज डानिएलले ३७ रन बनाए भने मोहमम्द अमिरले १३ रन र हाकिम हरिसनको १० रन जोडे । अन्य ब्याट्स्म्यानहरुले दोहोर अंकमा रन जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कुशल मल्ल र पवन सर्राफले समान ३/३ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई पराजित गरे पनि यूएईविरुद्ध जित निकाल्न वर्षा बाधक बनेको थियो । वर्षाका कारण डीएलको आधारमा निर्णय गर्दा नेपाल युएईसँग केवल १ रनले पराजित भएको हो । यो पराजयसँगै नेपालको विश्वकप छनोटको सम्भावना कमजोर भएको छ।

अब बाँकी खेलहरुमा कुनै टिमसँग यूएई पराजित भएमा मात्र नेपालको आगामी यात्रा सुनिश्चित हुनेछ ।

The post यू–१९ विश्वकप छनोट : मलेसिया ९२ रनमा समेटियो, जवाफी ब्याटिङ गर्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles