काठमाडौं, २ वैशाख । ‘बल टेम्परिङ’ विवादका कारण एक वर्ष लामो कारबाहीमा परेका अष्ट्रेलियन क्रिकेटका कप्तान र उपकप्तान स्टिभ स्मिथ र डेभिड वार्नरको कारबाही सकिएको छ ।
कारबाही सकिएपछि राष्ट्रिय टोली पुनर्गठनमा स्मिथ र वार्नर राष्ट्रिय टोलीमा अटाएका छन् । एक वर्ष लामो प्रतिबन्ध पूरा गरेपछि उनीहरुले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । स्मिथ र वार्नरको पुनरागमन हुँदा पिटर ह्यान्ड्सकम्प र जोस ह्याजलउड भने बाहिरिएका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले घोषणा गरेको १५ सदस्यीय टोलीमा पुनरागमन गरेका उनीहरु हाल आईपीएल खेलिरहेका छन् । आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् ।
राष्ट्रिय टोलीमा प्रतिबन्धका कारण पछिल्लो एक वर्ष नअटाएका उनीहरुको कारबाही गत २६ जुनमा सकिएको थियो ।
गत वर्षको चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटका क्रममा ‘बल टेम्परिङ’ गरेपछि त्यतिबेलाका कप्तान र उपकप्तानलाई एक वर्ष निलम्बन गरिएको थियो ।
अष्ट्रेलियाली टोली आरोन फिन्चको कप्तानीमा रहेको छ । टोलीले विश्वकपको उद्घाटन खेलमा अफगानिस्तानसँग भिड्नेछ ।
The post अष्ट्रेलियन टिममा अटाए स्मिथ र वार्नर appeared first on Sajha Post.