काठमाडौं, ८ जेठ । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज लण्डनमा आयोजना हुँदैछ । आगामी सिजनको सीपीएलका लागि नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि सुरु हुने ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन् ।
यस पटकको ड्राफ्टमा कीर्तिमानी ५ सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेल ड्राफ्टमा परेका छन् ।
सन्दीप लामिछाने भने दोस्रो पटक ड्राफ्टमा परेका छन् । गत सिजन सीपीएलमा सन्दीपले ५ खेल खेल्दै १ सय ६ रन खर्चेर ७ विकेट लिएका थिए । अन्य ३ खेलाडी पहिलो पटक परेका हुन् ।
तीनै खेलाडी ड्राफ्टबाट पहिलो पटक सीपीएल टिममा पर्ने योजनामा छन् । अघिल्लो सिजन सन्दीपको प्रदर्शन र अन्तराष्ट्रिय खेलमा गरेको प्रदर्शनको कारण तीन खेलाडीको सीपीएल टिममा पर्ने सम्भावना देखिएको छ । यस संस्करणको सीपीएल आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म हुँदैछ ।
The post सीपीएलको ड्राफ्ट आज, चार नेपाली खेलाडी ड्राफ्टमा appeared first on Sajha Post.