काठमाडौं, ८ जेठ । भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाली सेथु फुटबल क्लब र भारतको मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
गुरु नानक स्टेडियममा हुने सेथु र मनिपुरबीचको खेल अपरान्ह सवा ४ बजेबाट सुरु हुनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दै सेथु उपाधि नजिक पुगेको हो । मनिपुरले सेमिफाइनलमा गोकुलम केरेलालाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको लागि स्थान सुरक्षित गरेको थियो ।
The post उपाधिका लागि नेपाली सेथु क्लब र भारतीय मनिपुर खेल्दै appeared first on Sajha Post.