काठमाडौं, १ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानसामु ३३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३६ रनको योगफल जोडेको हो । भारतका लागि रोहित शर्माले सर्वाधिक रन बनाएका थिए । उनले ११३ बलमा १४० रन जोडेका थिए ।
त्यस्तै केएल राहुल र विराट कोहलीले अर्धशतक पूरा गरेका थिए । कोहलीले ६५ बलमा ७७ रन र राहुलले ७८ बलमा ५७ बनाएर आउट भएका थिए । हार्दिक पाण्याले १९ बलमा २६ रन बनाएर आउट भएका थिए ।
तर भारतका स्टार ब्याट्सम्यान महेन्द्रसिंह धोनी भने २ बलमा नै १ रन बनाएर आउट भएका छन् । त्यस्तै विजय शंकरले १५ बलमा १५ र केदार जाधवले ८ बलमा ९ रन बनाउँदै अविजित रहेका थिए ।
पाकिस्तानका लागि मोहम्मद अमिरले ३ विकेट लिएका छन् । त्यस्तै वाहाव रियाज र हसन अलीले १/१ विकेट लिएका छन् ।
यसअघि केही समय वर्षाका कारण खेल प्रभावित भएको थियो ।
The post भारतद्वारा पाकिस्तानसामु ३३७ रनको लक्ष्य, रोहित शर्माको उत्कृष्ट ब्याटिङ appeared first on Sajha Post.