काठमाडौं, १ असार । जारी विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा भारतका कप्तान विराट कोहलीले एक अर्को कीर्तिमान आफ्नो नाममा गरेका छन् । कोहलीले ५७ रन बनाउँदै वनडे क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन पूरा गरेका छन् ।
कोहलीले यो उपलब्धिका लागि २३० खेल खेले । उनले सचिन तेन्द्लकरको रेकर्ड पनि तोडेका छन् । उनले २८४ खेलमा ११ हजार रन पूरा गरेका थिए ।
कोहली, सचिनसँगै अरु ७ ब्याट्सम्यानले वनडेमा ११ हजार रन बनाएका छन् । पूर्व अष्ट्रेलियाली कप्तान रिकी पोन्टिङले २९५ खेलमा, पूर्व भारतीय कप्तान सौरभ गांगुलीले २९८ खेलमा ११ हजार रन पूरा गरेका थिए ।
यसैगरी रोहित शर्माले पाकिस्तानका विरुद्ध यो खेलमा १४० रनको पारी खेले । उनी पाकिस्तानका विरुद्ध लगातार २ शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि उनले एसिया कप २०१८ मा १११ रन बनाएका थिए ।
The post कोहलीले वनडेमा सबैभन्दा छिटो ११ हजार रन बनाए, सचिनको रेकर्ड तोडियो appeared first on Sajha Post.