एजेन्सी । गएको सिजन चेल्सीले प्रिमियर लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लिग उपाधि जित्यो ।
अगस्टदेखि सुरु हुन गइरहेको प्रिमियर लिग सिजनका लागि चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेले नयाँ खेलाडीहरु अनुबन्ध गर्ने प्रक्रियामा रहेका छन् । जर्मनी खेलाडी एन्टोनियो रुडिगर चेल्सीमा अनुबन्ध भएका छन् ।
३४ मिलियन पाउण्डमा चेल्सीले उनलाई किनेको हो । इटालियन क्लब रोमाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन् । दुई वर्ष अघि उनी रोमामा आएका थिए । सन् २०१६ र १७ को सिजनमा रोमा दोस्रो भएको थियो ।
The post रुडिगरलाई चेल्सीले किन्यो appeared first on Sajha Post.