Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लुकाकुले यस्तो आग्रह गरेपछि…

$
0
0

एजेन्सी । प्रिमियर लिगको तयारीमा रहेको म्यानचेष्टर युनाइटेडले पछिल्लो पटक आफ्नो बलियो टोली निर्माण गर्ने तयारीमा जुटेको छ ।

यसैबीच म्यानुले इभर्टनका खेलाडी रोमियो लुकाकुलाई अनुबन्ध गरेको छ । ७५ मिलियन पाउण्डमा म्यानुले लुकाकुलाई किनेको हो । म्यानु आएपछि उनले कति नम्बरको जर्सी लगाउने हल्ला चलेको थियो ।

उनलाई वायन रुनीको नम्बर दिने तयारी भइरहँदा उनले मानेनन् । उनले नम्बर ९ जर्सी लगाएर खेल्ने बताएका छन् । यो जर्सी नम्बर भने जालाटन इब्राहिमोबिकले लगाएर खेल्दै आइरहेका थिए ।

यसबारे जालाटने के कस्तो प्रतिक्रिया दिने हुन् सबैको चासोको विषय बनेको छ । बेन्चमा धेरै समय बिताएपछि वायन रुनीले म्यानु छोडेका थिए । प्रशिक्षक जोसे मोउरिनो आएपछि म्यानुले तीनवटा कप जितिसकेको छ ।

The post लुकाकुले यस्तो आग्रह गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles