Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यी खेलाडीहरु किनेर पछुताएको थियो लिभरपुल

$
0
0

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल पुन च्याम्पियन्स लिगमा फर्किएको छ । प्रशिक्षक उर्गेन क्लप आएपछि लिभरपुलको खेलमा ठुलो परिवर्तन आएको फुटबल विश्लेषकहरु बताउँछन् ।

उर्गेन क्लप आउनुभन्दा लिभरपुलले खेलाडी किन्न ठुलो धन राशि खर्चिएको थियो । केही यस्ता खेलाडीहरु ठुलो अपेक्षाकासाथ किनिएका थिए तर सोचेजस्तो खेल प्रदर्शन गर्न उनीहरु असमर्थ भए ।

मारियो बालोटेलीः एसिमिलानबाट २० मिलियन युरो तिर्दै लिभरपुलले बालोटेलीलाई किन्यो । तर, उनले लिभरपुलमा गतिलो खेल प्रदर्शन गर्न सकेनन् । उनको स्वभावका कारण पनि लिभरपुल वाक्क बन्न पुग्यो । फ्रेन्च लिगमा लोनमा गएपछि बालोटेली पुन फर्ममा देखिएका छन् ।

इयागो आसपासः सेल्टा भिगोमा उत्कष्ट खेल खेलेपछि उनलाई लिभरपुलले झण्डै ११ मिलियन युरो तिर्दै किन्यो । तर, उनी लिभरपुलमा आएपछि प्रशिक्षकको रोजाइको खेलाडी बन्न सकेनन् । अन्तत उनी आफ्नो पुरानै क्लब फर्किए ।

एण्डी क्यारोलः न्युक्यासलमा आधाँ सिजनमात्र खेलेका थिए । आधा सिजनमा ११ गोल गरिसकेका एण्डीलाई ४१.३ मिलियन युरो तिर्दै लिभरपुलले किन्यो । तर, ३ वर्षमा उनले ६ गोलमात्र गरे । अन्तत उनलाई क्लबले वेस्टह्यामलाई बेच्यो ।

क्रिस्टियन बेनटेकेः अर्को ठुलो धनराशि लिभरपुलले खर्चियो बेनटेकेलाई किन्दा । सन् २०१५ मा ४५.५ मिलियन युरो तिर्दै क्लबले अनुबन्ध गर्यो । तर, एक सिजनमा नै उनी बेन्च खेलाडी बने । उनी प्रशिक्षकको रोजाइमा परेनन् । अन्तत क्रिस्टल प्यालेसले उनलाई किन्यो ।

 

The post यी खेलाडीहरु किनेर पछुताएको थियो लिभरपुल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles