Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पूर्व प्रतिबन्धित फिफा अधिकारी ब्ल्याजरको निधन, को हुन् ब्ल्याजर ?

$
0
0

एजेन्सी, २९ असार । फिफाका प्रतिबन्धित पूर्व अधिकारी चक ब्ल्याजरको ७२ वर्षको उमेरमा निधन भएको छ । फिफामा भ्रष्टाचार काण्डका कारण प्रतिबन्धमा परेका ब्ल्याजर क्यासरबाट पीडित थिए ।

ब्ल्याजर एकदमै अतिरंजित स्वभावका थिए । उनी उत्तर र मध्य अमेरिकी फुटबलको सञ्चालन समिति कोन्काक्याफका पूर्व सचिव पनि थिए ।

सन् २०१३ मा ब्ल्याजरलाई भ्रष्टाचार र कर छलि प्रकरणमा दोषि पाउनुको साथै कालो धनलाई सेतो बनाउने काण्डमा पनि उनी मुछिए । उक्त प्रकरणपश्चात उनलाई आजीवन फुटवल क्रियाकलापबाट प्रतिबन्ध लगाइएको थियो ।

ब्ल्याजरको वकिलले एक वक्तव्य सार्वजनिक गर्दै भने, ‘ब्ल्याजरले गरेका अनैतिक कार्यको उनले पूर्ण जिम्मेवारी बहन गरेका छन् । यसले अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा सकरात्मक प्रभाव पारेको छ र यसलाई वेवास्ता गर्नुहुँदैन ।’

ब्ल्याजरले फिफाको सञ्चालन समितिको अधिकारीको रुपमा सन् १९९७ देखि सन् २०१३ सम्म पदभार सम्हालेका थिए । उक्त कार्यकालबीचमा ब्ल्याजरले भिआइपी जिवनशैलीको विश्व भ्रमणको नाममा करोडौं कुम्ल्याएका थिए ।

कोन्काक्याफको संयुक्त समितिले सन् २०१३ मा निकालेको एउटा प्रतिवेदनको अनुसार ब्ल्याजरले १९९६ र २०११ को बीचमा संगठनबाट कमिसन, भाडा शुल्क र अन्य शुल्कको नाममा २ करोड ६० लाख डलरभन्दा धेरै पैसा लिएका थिए ।

अतिरिक्त सम्पत्तिमा न्युयोर्कमा ब्ल्याजरको दुईवटा अपार्टमेन्ट थियो जसलाई विशेषगरी उनले उनको पाल्तु बिरालोको लागि बनाएका थिए । उनको हिलारी क्लिन्टन, राजकुमार प्रिन्सजस्ता उच्च व्याक्तित्व भएका मानिसहरुसँग सम्बन्ध रहेका थियो  । सन् २००५ देखि सन् २०१० सम्मको कर फिर्ता फाइल गर्ने कार्यमा उनी असफल भएका थिए ।

The post पूर्व प्रतिबन्धित फिफा अधिकारी ब्ल्याजरको निधन, को हुन् ब्ल्याजर ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles