एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडलाई टोटनहमले ३-१ गोलले पराजित गरेको छ ।
पछिल्लो समय गतिलो खेल प्रदर्शन गर्न नसकेको रियललाई टोटनहमले पराजयको स्वाद चखाएको हो । टोटनहमका लागि डि अलीले दुई गोल गरेका थिए भने क्रिस्टियन इरिकसनले एक गोल गरेका थिए ।
रियलका लागि एकमात्र गोल क्रिस्टियानो रोनाल्डोले गरे । यो जितसँगै टोटनहम च्याम्पियन्स लिगको अर्को चरणको लागि स्थान सुरक्षित बनाएको छ ।
The post रियल मड्रिड टोटनहमसँग पराजित appeared first on Sajha Post.