Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीको सामु निरिह बन्यो नेपोली

$
0
0

एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा नेपोली म्यानचेस्टर सिटीसँग ४-२ गोलले पराजित भएको छ ।

खेलमा नेपोलीले अग्रता बनाए पनि म्यान सिटीले सानदार कमव्याक गरेको थियो । लोरेन्जोले नेपालीलाई अग्रता दिलाएका थिए भने ओटोमन्डीले बराबरी गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफ अति नै रोमाञ्चक रह्यो । सिटीका लागि जोन स्टोनले गोल गर्दै अग्रता दिलए । जर्जिनोले पेनाल्टीमार्फत गोल गर्दा पुन खेल दुईदुई गोलको बराबरी हुन पुगेको थियो ।

त्यसपछि सिटीका लागि सर्जियो अगुइरोले गोल गरे । सिटीका लागि चौथो गोल रहिम स्टर्लिङले गरे । यो जितसँगै सिटी पनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरेको छ ।

The post म्यानचेस्टर सिटीको सामु निरिह बन्यो नेपोली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles