एजेन्सी, १९ कात्तिक । फ्रेन्च लिगमा पिएसजीले एन्गर्सलाई ५-० गोलले पराजित गर्न सफल भएको छ ।
यस सिजन उत्कृष्ट खेल खेलेको पिएसजीका लागि इडिसन काभानी र काइलियन एमबाप्पेले दुईदुई गोल गरेका थिए ।
जुलियन डाक्सलरले भने एक गोल गरे । यो जितसँगै पिएसजीले १२ खेलमा ३२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २८ अंक रहेको छ ।
The post पिएसजीले हान्यो पाँच गोल appeared first on Sajha Post.