एजेन्सी, २० कात्तिक । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड चेल्सीसँग एक गोलले पराजित भएको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा भने गोल हुन सकेन ।
दोस्रो हाफमा भने म्यानुका खेलाडीले चेल्सीलाई रोक्न सकेनन् ।
खेलको ५५ औ मिनेटमा अल्भारो मोराटाले गोल गरे । यो हारसँगै म्यानु यस सिजन प्रिमियर लिगमा दुई खेल हारिसकेको छ ।
म्यान सिटीलाई चुनौती दिदै आइरहेको म्यानु यस सिजन पछि पर्न थालेको छ । म्यानुको अंक तालिकामा २३ अंक रहेको छ । चेल्सीको २२ अंक रहेको छ ।
The post म्यानचेस्टर युनाइटेड चेल्सीसँग पराजित appeared first on Sajha Post.